ताजा अपडेट

सिलादीमा बन नर्सरी ः बिरुवा उत्पादनसँगै रोजगारी

Breaking news 1, कृषि, ताजा अपडेट, लुम्बिनी प्रदेश, समाचार
हुमाकान्त पोखरेलभदौ३०,२०७८गुल्मीः गुल्मीको मालिका गाउँपालिका –७ घमिर सिलादीकी देविका अर्याल केसी विगत एक बर्ष तीन महिनायता अलि व्यस्त छिन । सिलादीमा स्थापना भएको सिलादी बन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने, बिरुवा सार्ने उनको दैनिकी बनेको छ । तीनबर्षअघि श्रीमानको मृत्यु भएपछि तीन भैना छोराछोरीलाई हुर्काउँदै आएकी उनलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पथ्र्यो । तर घरछेवैमा बन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ । कारण हो, बन नर्सरीमा रोजगार पाउनु । ‘पहिले–पहिले घरखर्च चलाउन निकै गाहे थियो, त्यही बेला बन नर्सरी स्थापना भयो ।’ उनले भनिन्, ‘नर्सरीमा काम पाउँदा खुसि लागेको छ ।’ उनले पहिले–पहिले मासिक १० हजारमा काम गर्दै आएकोमा अहिले भने दैनिक ३५० मा काम गर्दै आएकी छिन् । नर्सरी केन्द्रमा काम गरेको रकमले छोराछोरीलाई पढाउन, घरमा नुन, तेल लगायतका समग्री जोहो गर्न स...
आज एमाले गुल्मीको संयुक्त भेला, ज्ञवाली र विष्टले सम्बोधन गर्दै

आज एमाले गुल्मीको संयुक्त भेला, ज्ञवाली र विष्टले सम्बोधन गर्दै

Breaking news 1, ताजा अपडेट, राजनीति, लुम्बिनी प्रदेश, समाचार
नेकपा एमालेका नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले आज गृहजिल्लामा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दैछन् । नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका हुन् । कार्यक्रमलाई दुवै नेताले सम्बोधन गर्ने नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । उनका अनुसार दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका छन् । ...

गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै सर्तक रहन गूल्मी प्रशासनको अनुरोध

Breaking news 1, ताजा अपडेट, लुम्बिनी प्रदेश, समाचार, स्वस्थ्य
भदौ २५ गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै जिल्ला वासीलाई सर्तक रहन आग्रह गरेको छ । प्रशासनले शुक्रबार सुचना जारी गर्दै नेपालका पहाडी भेगका विभिन्न स्थानहरुमा आखाँमा हुने एक प्रकारको डरलाग्दो रोग सापुको प्रकोप बढेको बताउदै जिल्ला वासीलाई सर्तकता अपनाउन आग्रह गरेको हो । यस पुतलीको प्रकोप बाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै जिल्ला वासीलाई सचेत रहन अनुरोध गरेको छ । ग्रामिण क्षेत्रमा सेतो पुतली भनेर चिनिने सो किरा पछिल्लो समय जिल्लाका पश्चिम क्षेत्रका स्थानीय तहमा देखिएको छ । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् । विशेषगरी साँझपख ...

महाराजगन्ज मा एन.सी.एल (ल्अभिि) को नेटवर्क अबरुद्ध , प्रयोगकर्ताहरु मर्कामा

Breaking news 1, ताजा अपडेट, वाग्मती प्रदेश, समाचार
धनी राम कोरीकपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका भित्र एन.सी.एल (ल्अभिि) मो नेटवर्क तीन दिन देखि अबरुद्ध रहेको कारणले गर्दा प्रयोगकर्ताहरुलाई धेरै समस्या भएको छ । एन.सी.एल को नेटवर्क अबरुद्ध हुदा नफोन लाग्छ , न नेट चल्छ , फोन लाग्दा आवाज पनि आउदैन लगायत अन्य समस्याहरु आएको स्थानीयहरुले गुनासो गरिरहेका छन् । एन.सी.एल सिम प्रयागकर्ताहरुले कल सेन्टर मा पटकपटक फोन गर्दा पनि समस्या समाधान भएको छैन । समाजिक सञ्जालमा प्रयोगकर्ताहरुले गुनासो पोखी रहेका छन । ...
अव्यवस्थित शहरको नमुना बन्दै बुटवल

अव्यवस्थित शहरको नमुना बन्दै बुटवल

Breaking news 1, ताजा अपडेट, समाचार
विवश विष्ट, बुटवलबुटवल सहर झट्ट हेर्दा राम्रो अनि शुन्दर देखिन्छ तर यसको भित्रि तथ्यलाई हेर्ने हो भने सडककै कारणले यहाँको अवस्था नाजुक बन्दै गएको छ । सडक मात्र नभई अन्य कारणहरुले गर्दा पनि यहाँको स्तर घट्दै गइरहेको छ । सडक मर्मत कार्यले होस या त अन्य विकास निर्माण कार्यले होस् दिनानु दिन मार गाडी चालक र यात्रुहरुलाई नै पर्दै आएको छ । सिद्दार्थ राजमार्गको चौराहा–गोलपार्क सडकखण्ड होस् या त महेन्द्र राजमार्गको चौराहा–पुष्पलाल पार्क–तिनाउ पुल होस् यी सडकखण्ड दिर्घकालिन रुपमा मर्मत सम्भार गर्न नसक्दा चालक र यात्रुहरु जोखिममा छन । ’घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे’ बुटवलको मुख्य सडकको नारा जस्तै बनेको छ । सडकमा खाल्डाखुल्डी, छाडा चौपाया लगायत सडक व्यवस्थापन हुन नसक्दा दिनानुदिन सडक दुर्घटना बढ्न सक्ने जोखिम बढिरहेको छ । बढ्दो गर्मी त्यसमाथि सडकको धुलो र धुवाँले सडकमा हिड्ने पैदल यात्रुल...
सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

Breaking news 1, ताजा अपडेट, समाचार
अस्मिता नेपाली सखुंवासभामा आज सोमबार मृत भेटिएका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् । घटनास्थल विकट ठाउँमा भएकाले समय पुग्न समयो लागेको बताइएको छ । हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् । वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, न...
बागलुङको बडिगाडमा शिक्षक को कोठामा आगलागि, अत्यावश्यक कागजपत्र सहित नगद जलेर नस्ट |

बागलुङको बडिगाडमा शिक्षक को कोठामा आगलागि, अत्यावश्यक कागजपत्र सहित नगद जलेर नस्ट |

Breaking news 1, ताजा अपडेट, लुम्बिनी प्रदेश, समाचार
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगमा आगोलागि भएको छ । शनिबार राति अन्दाजि ९ बजेको समयमा कोठामा आगोलागि हुँदा २० हजार नगद सहित १ लाख ५० हजार बराबरको क्षति भएको छ । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका-०१, स्थाइ घर भइ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगको थानापति आधारभुत बिद्यालयमा अध्यापनरत शिक्षक हर्क शाही बस्ने नारायण पौडेलको घरको भुइँतला बस्ने शाहिको कोठामा गएराति आगोलागि हुँदा कोठामा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको हो ।आगोलागिका कारण कोठामा रहेका शाहिका एस, एल सि, प्रविणता प्रमाणपत्र तह, स्नातक तह, शिक्षक अध्यापन अनुमति पत्र लगायत हालसम्मका सम्पूर्ण शैक्षिक उपलब्धिका कागजपत्र जलेर नष्ट भएका छन् । घरमा कोहिपनि नभएको समयमा आगोलागि भयकाले कुनैपनि सामान बचाउन नसकिएको शाहिको भनाइरहेको छ । आगोलागि के कारणले भयो भन्ने कुनै अनुमान गर्न सकिने प्रमाण नदेखिएको पुर्व ...
नेपालमा पहिलो पटक चितवनको भरतपुरमा अटिजम विशेष विद्यालय स्थापना ।।

नेपालमा पहिलो पटक चितवनको भरतपुरमा अटिजम विशेष विद्यालय स्थापना ।।

Breaking news 1, ताजा अपडेट, वाग्मती प्रदेश, शिक्षा, समाचार
भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्नुहुँदै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताउनुभयो । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उहाँले यसलाई व्यवस्थित बनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अटिजम साँच्चै पीडादायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिँदै आएको छ ।” यो समस्या केही हदसम्म न्यूनीकरण गर्नका लागि यो विद्यालय स्थापना गरिएको हो । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने भएकाले आवश्यक सहयोगका लागि सबैसँग अनुरोध गर्नुभयो । सो अवसरमा जिल्ला सम...
छोराको मृत्यु कुुरेर बसेकी आमालाई लिल बहादुर थापाले गरे ५० हजार सहयोग

छोराको मृत्यु कुुरेर बसेकी आमालाई लिल बहादुर थापाले गरे ५० हजार सहयोग

Breaking news 1, ताजा अपडेट, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, स्थानीय
रामेछाप जिल्ला रामेछाप नगरपालीका भञ्ज्याङमा घर भएकी र अहिले काठमाण्डौको टोखामा बस्ने ५९ बर्षकी आमा गिता श्रेष्ठको यो सङघर्षको कथा हो ।अहीले यी आमा धेरै दुख र पिडामा छिन् । सन्तानको नाममा यही एउटा छोरा मात्र छन् त्यही पनी न हिड्न सक्छन न त बोल्ननै सक्छन् उनि बिस्तारामा सुतिरहेका छन । यि बढी आमालाइ न त कसैले देला भन्नुछ नत काम गरेर खान सक्ने उमेर नै छ यि बुढी आमाको पिडा धेरै ठुलो थियो । छोराले पालेर सुख देला भन्ने उमेरमा २५ बर्षका छोरालाइ पालेर बसेकी छिन् उनी भन्छिन छोरालाइ उपचार गर्ने क्षमता पनि छैन धेरै दुख पाएको छु मेरो पिडा मलाइ मात्र थाहा छ । काम गर्न जाउ भन्यो काम पाउदिन पाए भने पनि कोरोनाको बेला नआइज भन्छन् कहीले काही त खाने खर्च पनि हुदैन कोठाको भाडा तिर्न नसकेर बसेको छु यो बुढेसकालमा म के गरु छोराको माया लाग्छ । म कतै जान पनि सक्दिन उनी भन्छिन सक्नुहुन्छ भने मेरो छोरोका...
१३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रुवाउने संघर्षको कथा.

१३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रुवाउने संघर्षको कथा.

अन्य, कृषि, ताजा अपडेट, लुम्बिनी प्रदेश, स्थानीय
१३ बर्षकी रेबिका घर्ती मगर अहिले जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष पुरा हुन लाग्यो .उनको साथमा...उनको दिदि अनिसा घर्ती मगर पनी छिन् र उनीहरु दुबै जना गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन ।.रेबिका अहिले १३ बर्षकी भएकी छिन्.। पढ्ने खेल्ने उमेरमा उनी अहिले जंगलमा गाई बाख्रा संग रमाउने गरेकी छिन् । १३ बर्षकी रेबिकालाई आफ्नो दैनीकी काम बाहेक अरु बाहिरी दुनियाको बारेमा केही थाहा छैन र थाहा पाउन पनी चाहादैनन हामीले प्रेम केहो भनेर प्र्रश्न गर्यौ जवाफ यस्तो आयो ... जती हामीले रमाईलो कुरा गर्न खोज्दै जान्थेयौ उतीनै रेबीका र उनकी दिदिले उतीकै रमाईलो तरीकाले कुरा गर्दै थिए जब हामीले उनीहरुको बारेमा धेरै कुराहरु सोद्दै गयौ. तर भित्री कथा भने निकै पिडा रहेछ ।. रेबीकाको जन्म पच्छिमबाग्लुङको निशिखोला गाउपालीकाको एक टापु भन्ने ठाउमा भयो जहाँ शिक्षा खाने पानी...