breaking news 3

रूपन्देहीमा भोलिदेखि जाेरबिजाेरका आधारमा सार्वजनिक यातायात चल्ने

रूपन्देहीमा भोलिदेखि जाेरबिजाेरका आधारमा सार्वजनिक यातायात चल्ने

breaking news 3
बुटवल । रुपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को आज बसेको बैठकले निकै खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।  थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । जोरविजोर प्रणालीमा सार्वजनिक यातायातलाई सञ्चालन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।  केहीबेर अघि यातायात व्यवसायीसँग बैठक बसी सम्पूर्ण मापदण्ड अपनाउँदैं सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको उनको भनाई । त्यस्तै बैठकले सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा नीजि सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निषेधाज्ञाको अवधि...