समाचार

सिलादीमा बन नर्सरी ः बिरुवा उत्पादनसँगै रोजगारी

Breaking news 1, कृषि, ताजा अपडेट, लुम्बिनी प्रदेश, समाचार
हुमाकान्त पोखरेलभदौ३०,२०७८गुल्मीः गुल्मीको मालिका गाउँपालिका –७ घमिर सिलादीकी देविका अर्याल केसी विगत एक बर्ष तीन महिनायता अलि व्यस्त छिन । सिलादीमा स्थापना भएको सिलादी बन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने, बिरुवा सार्ने उनको दैनिकी बनेको छ । तीनबर्षअघि श्रीमानको मृत्यु भएपछि तीन भैना छोराछोरीलाई हुर्काउँदै आएकी उनलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पथ्र्यो । तर घरछेवैमा बन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ । कारण हो, बन नर्सरीमा रोजगार पाउनु । ‘पहिले–पहिले घरखर्च चलाउन निकै गाहे थियो, त्यही बेला बन नर्सरी स्थापना भयो ।’ उनले भनिन्, ‘नर्सरीमा काम पाउँदा खुसि लागेको छ ।’ उनले पहिले–पहिले मासिक १० हजारमा काम गर्दै आएकोमा अहिले भने दैनिक ३५० मा काम गर्दै आएकी छिन् । नर्सरी केन्द्रमा काम गरेको रकमले छोराछोरीलाई पढाउन, घरमा नुन, तेल लगायतका समग्री जोहो गर्न स...
आज एमाले गुल्मीको संयुक्त भेला, ज्ञवाली र विष्टले सम्बोधन गर्दै

आज एमाले गुल्मीको संयुक्त भेला, ज्ञवाली र विष्टले सम्बोधन गर्दै

Breaking news 1, ताजा अपडेट, राजनीति, लुम्बिनी प्रदेश, समाचार
नेकपा एमालेका नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले आज गृहजिल्लामा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दैछन् । नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका हुन् । कार्यक्रमलाई दुवै नेताले सम्बोधन गर्ने नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । उनका अनुसार दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका छन् । ...

गुल्मिको मुसिकोट ०६ बेलटारिमा पिकअप जिप दुर्घटना, एक गम्भीर सहित घ जना घाइते

Breaking news 1, लुम्बिनी प्रदेश, समाचार
गुल्मीको मुसिकोट ०६ मा पिक अप जिप दुर्घटना भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वार्ड न ०६ कुर्घा देखि भुवाचिदी तर्फ आउदै गरेको लु १ ज ३४१३ नम्बरको पिकअप जिप बेलटारि भन्ने ठाउमा साझ ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ,जसमा एकको अबस्था गम्बिर रहेको समाजसेबी तथा ब्यापारी हरि शर्मा ले जानाकारी दिनु भयो । गाडिमा चालक र एक बच्चा सहित ५ जना सवार रहेको बताइएको छ । घाइते एक र चालकको भने छातीमा ठुलो चोट लागेको बताएइको छ। गाडि एक्कासि ब्रेक फेला हुदा कुनो पट्टि पल्टिन पुगेको सवार एक यात्रुले बताएका छन् । गम्बिर घाइतेलाई कुर्घा स्वास्थ्य चौकी भुवाचिदिमा प्राथामिक उपचार गरि पाल्पा रिफर गरिएको छ ्र ...

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु , २४ जना घाइते ।।

Breaking news 1, लुम्बिनी प्रदेश, समाचार
।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सु प्र०२–००१ नं को यात्रुबाहक बस र ना ६ ख ७१२६ नं को ट्रक नवलपुरको गैँडाकोट–१०स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ...

गुल्मीको रुपाकोटमा भतिजले गरे काकाको ह’त्या ।

Breaking news 1, लुम्बिनी प्रदेश, समाचार
गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको ह’त्याको एक घट’नामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुट’पि’टबाट ह’त्या भएको थियो । उनलाई कु’टपि’ट गरी ह’त्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका ३ बस्ने २१ वर्षीय हिमाल राहडीलाई प्रहरीले पक्राउ गरेको हो । कुट’पिट भएको सूचना पाएपछि मजुवा प्रहरी चौकीबाट प्रहरी टोली घट’नास्थल पुगेको थियो । कु’टपि’टपछि घाइ’ते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएकोमा उनको मृ’त्यु भएको थियो । कु’टपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । स्थानीय बासिन्दा रेशम भण्डारीका अनुसार कुटपिट गर्ने पुलामी मृत’कका आफ्नै भतिजा हुन् भने राहडी...

गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै सर्तक रहन गूल्मी प्रशासनको अनुरोध

Breaking news 1, ताजा अपडेट, लुम्बिनी प्रदेश, समाचार, स्वस्थ्य
भदौ २५ गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै जिल्ला वासीलाई सर्तक रहन आग्रह गरेको छ । प्रशासनले शुक्रबार सुचना जारी गर्दै नेपालका पहाडी भेगका विभिन्न स्थानहरुमा आखाँमा हुने एक प्रकारको डरलाग्दो रोग सापुको प्रकोप बढेको बताउदै जिल्ला वासीलाई सर्तकता अपनाउन आग्रह गरेको हो । यस पुतलीको प्रकोप बाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै जिल्ला वासीलाई सचेत रहन अनुरोध गरेको छ । ग्रामिण क्षेत्रमा सेतो पुतली भनेर चिनिने सो किरा पछिल्लो समय जिल्लाका पश्चिम क्षेत्रका स्थानीय तहमा देखिएको छ । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् । विशेषगरी साँझपख ...

अन्लाइन बाटै गरे छोराको भब्य न्वारान

Breaking news 2, वाग्मती प्रदेश, समाचार
भालुवाङ २५ भदौ । शुक्रबार बिहान नेपालको साढे ९ बज्दै थियो भने जापानमा दिउँसोको पौने १ बज्दै थियो । दाङ देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवाका रामबहादुर केसीको घरमा शुुभकार्य चल्दै थियो पण्डित अनि केही इष्टमित्र र घरपरिवार बाहेक अरु कसैलाई पनि बोलाइएको थिएन ।पहरुवाका केसी परिवारले जापानमा नाति जन्मेपछि प्रबिधिको प्रयोग गर्दै नेपालबाट न्वारान गर्ने चाँजोपाँजो मिलाएका हुन् । जापानमा १९ दिनअघि जन्मिएको नातिको न्वारान भिडियो कलकै माध्यमबाट घरमा पण्डित बोलाएर देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवा स्थित आफ्नै निवासबाट रामबहादुर केसी र लक्ष्मी केसी परिवारले सम्पन्न गरे ।जापान गएका छोराबुहारीलाई बच्चा जन्मेपछि जापानमा हिन्दु संस्कार बमोजिम न्वारान गर्न समस्या भएपछि केसीले भिडियो कलकै माध्यमबाट नातिको न्वारानको चाँजोपाँजो नेपालमै मिलाएको बताए । नाति जन्मेको १९ औं दिनसम्म जापानमा रहेका छोरा बुहारीसंग...

महाराजगन्ज मा एन.सी.एल (ल्अभिि) को नेटवर्क अबरुद्ध , प्रयोगकर्ताहरु मर्कामा

Breaking news 1, ताजा अपडेट, वाग्मती प्रदेश, समाचार
धनी राम कोरीकपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका भित्र एन.सी.एल (ल्अभिि) मो नेटवर्क तीन दिन देखि अबरुद्ध रहेको कारणले गर्दा प्रयोगकर्ताहरुलाई धेरै समस्या भएको छ । एन.सी.एल को नेटवर्क अबरुद्ध हुदा नफोन लाग्छ , न नेट चल्छ , फोन लाग्दा आवाज पनि आउदैन लगायत अन्य समस्याहरु आएको स्थानीयहरुले गुनासो गरिरहेका छन् । एन.सी.एल सिम प्रयागकर्ताहरुले कल सेन्टर मा पटकपटक फोन गर्दा पनि समस्या समाधान भएको छैन । समाजिक सञ्जालमा प्रयोगकर्ताहरुले गुनासो पोखी रहेका छन । ...
अव्यवस्थित शहरको नमुना बन्दै बुटवल

अव्यवस्थित शहरको नमुना बन्दै बुटवल

Breaking news 1, ताजा अपडेट, समाचार
विवश विष्ट, बुटवलबुटवल सहर झट्ट हेर्दा राम्रो अनि शुन्दर देखिन्छ तर यसको भित्रि तथ्यलाई हेर्ने हो भने सडककै कारणले यहाँको अवस्था नाजुक बन्दै गएको छ । सडक मात्र नभई अन्य कारणहरुले गर्दा पनि यहाँको स्तर घट्दै गइरहेको छ । सडक मर्मत कार्यले होस या त अन्य विकास निर्माण कार्यले होस् दिनानु दिन मार गाडी चालक र यात्रुहरुलाई नै पर्दै आएको छ । सिद्दार्थ राजमार्गको चौराहा–गोलपार्क सडकखण्ड होस् या त महेन्द्र राजमार्गको चौराहा–पुष्पलाल पार्क–तिनाउ पुल होस् यी सडकखण्ड दिर्घकालिन रुपमा मर्मत सम्भार गर्न नसक्दा चालक र यात्रुहरु जोखिममा छन । ’घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे’ बुटवलको मुख्य सडकको नारा जस्तै बनेको छ । सडकमा खाल्डाखुल्डी, छाडा चौपाया लगायत सडक व्यवस्थापन हुन नसक्दा दिनानुदिन सडक दुर्घटना बढ्न सक्ने जोखिम बढिरहेको छ । बढ्दो गर्मी त्यसमाथि सडकको धुलो र धुवाँले सडकमा हिड्ने पैदल यात्रुल...
सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

Breaking news 1, ताजा अपडेट, समाचार
अस्मिता नेपाली सखुंवासभामा आज सोमबार मृत भेटिएका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् । घटनास्थल विकट ठाउँमा भएकाले समय पुग्न समयो लागेको बताइएको छ । हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् । वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, न...