पर्वतमा आज पहिरो जादा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, एक जना अझै बेपत्ता ।।

1281 Shares

पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । पहिरोमा परेर एक जना अझै हराइरहेका छन् । ज्यान गुमाउनेमा एकै परिवारका पाँच पनि जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती पौडेल, दुई छोरीहरू १६ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिताका साथै नौ ९ वर्षीय छोरा विनोदको पनि ज्यान गएकोे छ । यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेश पौडेलको पनि ज्यान गएको छ । यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज शुक्रवार बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ । पहिरोमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता हुनुभएको छ । साथै पर्वतकै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको ज्यान गएको छ । पर्वतमा शुक्रवार बिहानैदेखि विद्युत् सेवा बन्द भएको छ भने टेलिफोन सेवा पनि प्रभावित भएको छ ।

पर्वतमा आज पहिरो जादा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, एक जना अझै बेपत्ता ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0