पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ घर भएकी २१ वर्षीया बिना सापकोटा २ महिना बिती सक्दा पनी फेला परिनन्

1332 Shares

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटाको खोजी कार्य जारी रहे पनि अझै सम्पर्कमा आउन सकेकी छैनन् । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना उनका प्रेमी भनिने प्रबेश कँडेलसँगै बाइक चढेर असार १४ गते निस्कीएकी उनि दुई महिना बितिसक्दा पनि फेला परेकी छैनन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार जल र स्थल दुबैमा खोज्ने कार्य जारी रहेको जनाउदै अहिले सम्म पत्ता लाग्न नसेको बताएका छन । उनको खोजी कार्य जारी रहेपनि नारायाणी नदि किनार सम्म पुगेको सिसीटिभी फुटेजको दृश्य नै अन्तीम दृश्य रहेको बताए । भरतपुर–४ यज्ञपुरीका युवक प्रबेश कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेकी थिईन । कँडेल अर्कै केटि संग लागेको शंका लागेपछि उनिहरुको सम्बन्धमा खटपट सुरु भएको थियो । प्रहरीले प्रबेश कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि अनुसन्धानबाट बिनाको अबस्था पत्ता लाग्न सेकेको छैन । दुई महिना बितिसक्दा पनि छोरीको अबस्था थाँहा नहुदा परिवारमा समेत चिन्ता थपिएको छ । परिवार भने बिना आउने आसमा अहिले बाटो हेरेर बसीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0