बागलुङको बडिगाडमा शिक्षक को कोठामा आगलागि, अत्यावश्यक कागजपत्र सहित नगद जलेर नस्ट |

1747 Shares

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगमा आगोलागि भएको छ । शनिबार राति अन्दाजि ९ बजेको समयमा कोठामा आगोलागि हुँदा २० हजार नगद सहित १ लाख ५० हजार बराबरको क्षति भएको छ । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका-०१, स्थाइ घर भइ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगको थानापति आधारभुत बिद्यालयमा अध्यापनरत शिक्षक हर्क शाही बस्ने नारायण पौडेलको घरको भुइँतला बस्ने शाहिको कोठामा गएराति आगोलागि हुँदा कोठामा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको हो ।आगोलागिका कारण कोठामा रहेका शाहिका एस, एल सि, प्रविणता प्रमाणपत्र तह, स्नातक तह, शिक्षक अध्यापन अनुमति पत्र लगायत हालसम्मका सम्पूर्ण शैक्षिक उपलब्धिका कागजपत्र जलेर नष्ट भएका छन् । घरमा कोहिपनि नभएको समयमा आगोलागि भयकाले कुनैपनि सामान बचाउन नसकिएको शाहिको भनाइरहेको छ । आगोलागि के कारणले भयो भन्ने कुनै अनुमान गर्न सकिने प्रमाण नदेखिएको पुर्व वडा अध्यक्ष लोकनाथ घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0