अन्लाइन बाटै गरे छोराको भब्य न्वारान

1641 Shares

भालुवाङ २५ भदौ । शुक्रबार बिहान नेपालको साढे ९ बज्दै थियो भने जापानमा दिउँसोको पौने १ बज्दै थियो । दाङ देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवाका रामबहादुर केसीको घरमा शुुभकार्य चल्दै थियो पण्डित अनि केही इष्टमित्र र घरपरिवार बाहेक अरु कसैलाई पनि बोलाइएको थिएन ।पहरुवाका केसी परिवारले जापानमा नाति जन्मेपछि प्रबिधिको प्रयोग गर्दै नेपालबाट न्वारान गर्ने चाँजोपाँजो मिलाएका हुन् । जापानमा १९ दिनअघि जन्मिएको नातिको न्वारान भिडियो कलकै माध्यमबाट घरमा पण्डित बोलाएर देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवा स्थित आफ्नै निवासबाट रामबहादुर केसी र लक्ष्मी केसी परिवारले सम्पन्न गरे ।जापान गएका छोराबुहारीलाई बच्चा जन्मेपछि जापानमा हिन्दु संस्कार बमोजिम न्वारान गर्न समस्या भएपछि केसीले भिडियो कलकै माध्यमबाट नातिको न्वारानको चाँजोपाँजो नेपालमै मिलाएको बताए । नाति जन्मेको १९ औं दिनसम्म जापानमा रहेका छोरा बुहारीसंग सल्लाह गरी भिडियो कलको माध्यमबाट नेपालबाट न्वारान गर्ने र नाम राख्ने निधो गरेको केसी दम्पति देउखुरी टुडेलाई बताए ।प्रबिधिले अहिले बिश्व भुमण्डलीकरणको रुप लिदै संसारलाई निकै नजिक बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीको बेला जापानमा कहाँ पण्डित खोज्ने र न्वारान कर्म कसरी गर्ने भन्ने अन्यौल भएको बेला आफूले छोरासंग सल्लाह गरेर यस्तो जुक्ति अपनाएको केसीले बताए ।पहरुवा निवासी रामबहादुर केसीका साइला छोराबुहारी शरद केसी र निशा मल्ल बिगत २०७२ साल देखि जापान बस्दै आएका छन् । उनीहरुको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ । छोरो नामको पण्डितले बैद्धिक बिधि अनुसार न्वार गदै सिद्धान्त केसी नाम राखी दिएका छन् ।गतबर्ष पनि लकडाउनको समयमा गढवाका कपिलदेव खनालले अमेरिकामा नाति जन्मिएपछि यस्तै प्रबिधिबाट न्वारान कर्म सम्पन्न गरेका थिए । भने गढवाकै थानेश्वर पौडेलले पनि अमेरिकामा नातिनी जन्मेपछि यस्तै प्रबिधिबाट न्वारान कर्म सम्पन्न गरेका थिए । गाउँ ठाउँमा पनि प्रबिधि भित्रिएपछि यति बेला सबैलाई प्रबिधिको प्रयोग अनुकरणीय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0