गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै सर्तक रहन गूल्मी प्रशासनको अनुरोध

1210 Shares

भदौ २५ गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै जिल्ला वासीलाई सर्तक रहन आग्रह गरेको छ । प्रशासनले शुक्रबार सुचना जारी गर्दै नेपालका पहाडी भेगका विभिन्न स्थानहरुमा आखाँमा हुने एक प्रकारको डरलाग्दो रोग सापुको प्रकोप बढेको बताउदै जिल्ला वासीलाई सर्तकता अपनाउन आग्रह गरेको हो । यस पुतलीको प्रकोप बाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै जिल्ला वासीलाई सचेत रहन अनुरोध गरेको छ । ग्रामिण क्षेत्रमा सेतो पुतली भनेर चिनिने सो किरा पछिल्लो समय जिल्लाका पश्चिम क्षेत्रका स्थानीय तहमा देखिएको छ । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् । विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक रहेको छ । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0