गुल्मीको रुपाकोटमा भतिजले गरे काकाको ह’त्या ।

1459 Shares

गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको ह’त्याको एक घट’नामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुट’पि’टबाट ह’त्या भएको थियो । उनलाई कु’टपि’ट गरी ह’त्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका ३ बस्ने २१ वर्षीय हिमाल राहडीलाई प्रहरीले पक्राउ गरेको हो । कुट’पिट भएको सूचना पाएपछि मजुवा प्रहरी चौकीबाट प्रहरी टोली घट’नास्थल पुगेको थियो । कु’टपि’टपछि घाइ’ते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएकोमा उनको मृ’त्यु भएको थियो । कु’टपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । स्थानीय बासिन्दा रेशम भण्डारीका अनुसार कुटपिट गर्ने पुलामी मृत’कका आफ्नै भतिजा हुन् भने राहडी मृ’तकका साढुभाइ हुन् । एसपी भट्टराईका अनुसार भदौ २३ गते पनि आरोपित दुई जना र मृ’तक शिवबहादुरबीच विवाद भएको थियो । २४ गते पनि उनीहरुबीच विवाद बढेर कु’टपि’ट भएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0