कर्मचारीको तलब बढ्यो, अब कसले कति पाउँछन् ? विस्तृतमा

1665 Shares

सरकारले निजामति कर्मचारीहरुको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षबाट लागूहुनेगरी कर्मचारीहरुको तलब २ हजार प्रतिमहिनाका दरले वृद्धि भएको हो । 

वृद्धि भएको तलबमान अनुसार अब मुख्यसचिवले ६७ हजार १३३ रुपैयाँ प्रतिमहिना पाउने भएका छन् । यस्तै सचिवले ६२ हजार ६७५, सहसचिवले ४९ हजार ३७७ र उपसचिवले ४२ हजार ३७७ प्रतिमहिना पाउनेछन् । 

यसैगरी अधिकृत तहका कर्मचारीहरुले ३७ हजार ९९९, नायब सुब्बाले ३० हजार २०० र खरिदारले २८ हजार ६०४ रुपैयाँ पाउनेछन् । यसैगरी कार्यालय सहयोगीको मासिकल तलब २४ हजार ८०० पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0