Author: gtvnepal

सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

स्वस्थ्य
सखुंवासभामा आज सोमबार मृत भेटिएका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् । घटनास्थल विकट ठाउँमा भएकाले समय पुग्न समयो लागेको बताइएको छ । हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् । वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन का...
बागलुङको बडिगाडमा शिक्षक को कोठामा आगलागि, अत्यावश्यक कागजपत्र सहित नगद जलेर नस्ट |

बागलुङको बडिगाडमा शिक्षक को कोठामा आगलागि, अत्यावश्यक कागजपत्र सहित नगद जलेर नस्ट |

Breaking news 1, ताजा अपडेट, लुम्बिनी प्रदेश, समाचार
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगमा आगोलागि भएको छ । शनिबार राति अन्दाजि ९ बजेको समयमा कोठामा आगोलागि हुँदा २० हजार नगद सहित १ लाख ५० हजार बराबरको क्षति भएको छ । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका-०१, स्थाइ घर भइ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर-५, दाँगको थानापति आधारभुत बिद्यालयमा अध्यापनरत शिक्षक हर्क शाही बस्ने नारायण पौडेलको घरको भुइँतला बस्ने शाहिको कोठामा गएराति आगोलागि हुँदा कोठामा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको हो ।आगोलागिका कारण कोठामा रहेका शाहिका एस, एल सि, प्रविणता प्रमाणपत्र तह, स्नातक तह, शिक्षक अध्यापन अनुमति पत्र लगायत हालसम्मका सम्पूर्ण शैक्षिक उपलब्धिका कागजपत्र जलेर नष्ट भएका छन् । घरमा कोहिपनि नभएको समयमा आगोलागि भयकाले कुनैपनि सामान बचाउन नसकिएको शाहिको भनाइरहेको छ । आगोलागि के कारणले भयो भन्ने कुनै अनुमान गर्न सकिने प्रमाण नदेखिएको पुर्व ...
नेपालमा पहिलो पटक चितवनको भरतपुरमा अटिजम विशेष विद्यालय स्थापना ।।

नेपालमा पहिलो पटक चितवनको भरतपुरमा अटिजम विशेष विद्यालय स्थापना ।।

Breaking news 1, ताजा अपडेट, वाग्मती प्रदेश, शिक्षा, समाचार
भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्नुहुँदै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताउनुभयो । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु परेको भन्दै उहाँले यसलाई व्यवस्थित बनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अटिजम साँच्चै पीडादायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिँदै आएको छ ।” यो समस्या केही हदसम्म न्यूनीकरण गर्नका लागि यो विद्यालय स्थापना गरिएको हो । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने भएकाले आवश्यक सहयोगका लागि सबैसँग अनुरोध गर्नुभयो । सो अवसरमा जिल्ला सम...
नेपाल–चीन सीमा विवाद : स्थानीय बासिन्दालाई बुझाउन नसक्दा समस्या

नेपाल–चीन सीमा विवाद : स्थानीय बासिन्दालाई बुझाउन नसक्दा समस्या

Breaking news 1, प्रदेश, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, समाचार
हुम्लाको नाम्खा सीमा विवादको विषय पछिल्लोपटक ११ महिनाअघि त्यहाँका स्थानीयबासिन्दाले उठाएका थिए । त्यस सम्बन्धमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग सीमा विवाद नरहेको जवाफ दिनुभएको थियो । त्यतिबेला चिनियाँ दूतावास काठमाण्डौका प्रवक्ताले, हामीले नेपालको भूमि मिचेका छैनौँ प्रमाणित गर्न चाहे गर्न सक्नुहुन्छ भन्ने कुरा गरेका थिए । त्यसपछि त्यो विषय मत्थर भइसकेको थियो । तर अहिले आएर नेपाल सरकाले लिमी, लाम्खा, लुलुजोङको इलाकामा फेरि ९ नम्बर पिल्लर, हिल्सादेखि १२ नम्बरको लाप्सा भञ्ज्याङसम्म छानबिन गर्ने भनेको छ । ११ महिना पहिले सरकारले नै विवाद छैन भनेको थियो । तर ११ महिनापछि सरकाले फेरि विवाद छ भन्यो । सीमाजस्तो संवेदनशील विषयमा सरकारले एकै वर्षमा दुई थरी कुरा गरेको छ । अहिले सरकारले समिति गर्ने निर्णय गर्दा किन परराष्ट्र मन्त्रालयको प्रतिनिधि राखिएन भन्ने प्रश्न उठेको छ ...
नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई माओवादी केन्द्रले फाले:- उपाध्यक्ष नेपाली

नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई माओवादी केन्द्रले फाले:- उपाध्यक्ष नेपाली

Breaking news 2, प्रदेश, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, समाचार
। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे , अतिथी लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए। कृष्णनगर नगरपालिका वडा नं. २ मा रहेको मुस्लिम समुदायिक हालमा वडा नं. १,२,३ को संयुक्त भेला गरि ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना कार्यकर्ता...

गोरर्खा जिल्ला घर भएकी लक्ष्मी परियारको यो दर्दानक सङर्घषको कथा ।।

Breaking news 1, प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, समाचार
गोरर्खा जिल्ला घर भएकी लक्ष्मी परियारको यो निकै दर्दानक पिडा तपाइहरुको माझमा राखेका छौ । उनी अहिले २७ वर्षकी भइन् जन्मे देखी अहिले सम्म यस धरतीमा राम्रो सँग हिड्न सकेकि छैनन् उनी अहिले हस्पिटलमा एक्लै जिवन बिताइ रहेकी छिन् । उनका रहरहरु धेरै थिए अहिले ति सबै रहरहरु सबै चक्नाचुर भएका छन् । अहिले उनी आफ्नो परिवारबाट टाढा रहेर एक्लै हस्पिटलमा उपचारको पर्खाइमा बसिरहेकी छिन आफ्नो दुुख ,पिडा,परिवार सम्झेर रुने गर्छीन । उनी भन्छिन आफ्नो खुट्टाले हिडेर कतै नया ठाउँ घुम्न मन लाग्छ दिदी बहिनीहरु हिड्दा हिड्न मन लाग्छ । दाजुभाइहरुले पढ्दा मलाइ पनि पढ्न मन लाग्छ तर म केही गर्न सकिन भन्दै रुदै छिन् उपचारको लागी अहिले उनी सँग उपचार खर्च छैन ।यस कारण उनी उपचार खर्चको लागी सबै जना सगँ बिन्त् बिसाएकी छिन ।। भिडियो अन्तिममा हेर्नुहोस ।। https://www.youtube.com/watch?v=FNzRZuEL1ts ...
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ घर भएकी २१ वर्षीया बिना सापकोटा २ महिना बिती सक्दा पनी फेला परिनन्

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ घर भएकी २१ वर्षीया बिना सापकोटा २ महिना बिती सक्दा पनी फेला परिनन्

Breaking news 2, वाग्मती प्रदेश, समाचार
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटाको खोजी कार्य जारी रहे पनि अझै सम्पर्कमा आउन सकेकी छैनन् । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना उनका प्रेमी भनिने प्रबेश कँडेलसँगै बाइक चढेर असार १४ गते निस्कीएकी उनि दुई महिना बितिसक्दा पनि फेला परेकी छैनन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार जल र स्थल दुबैमा खोज्ने कार्य जारी रहेको जनाउदै अहिले सम्म पत्ता लाग्न नसेको बताएका छन । उनको खोजी कार्य जारी रहेपनि नारायाणी नदि किनार सम्म पुगेको सिसीटिभी फुटेजको दृश्य नै अन्तीम दृश्य रहेको बताए । भरतपुर–४ यज्ञपुरीका युवक प्रबेश कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेकी थिईन । कँडेल अर्कै केटि संग लागेको शंका लागेपछि उनिहरुको सम्बन्धमा खटपट सुरु भएको थियो । प्रहरीले प्रबेश कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि अनुसन्धानबाट बिनाको ...
पर्वतमा  आज पहिरो जादा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, एक जना अझै बेपत्ता ।।

पर्वतमा आज पहिरो जादा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, एक जना अझै बेपत्ता ।।

Breaking news 1, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, समाचार
पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । पहिरोमा परेर एक जना अझै हराइरहेका छन् । ज्यान गुमाउनेमा एकै परिवारका पाँच पनि जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती पौडेल, दुई छोरीहरू १६ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिताका साथै नौ ९ वर्षीय छोरा विनोदको पनि ज्यान गएकोे छ । यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेश पौडेलको पनि ज्यान गएको छ । यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज शुक्रवार बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ । पहिरोमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध...
छोराको मृत्यु कुुरेर बसेकी आमालाई लिल बहादुर थापाले गरे ५० हजार सहयोग

छोराको मृत्यु कुुरेर बसेकी आमालाई लिल बहादुर थापाले गरे ५० हजार सहयोग

Breaking news 1, ताजा अपडेट, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, स्थानीय
रामेछाप जिल्ला रामेछाप नगरपालीका भञ्ज्याङमा घर भएकी र अहिले काठमाण्डौको टोखामा बस्ने ५९ बर्षकी आमा गिता श्रेष्ठको यो सङघर्षको कथा हो ।अहीले यी आमा धेरै दुख र पिडामा छिन् । सन्तानको नाममा यही एउटा छोरा मात्र छन् त्यही पनी न हिड्न सक्छन न त बोल्ननै सक्छन् उनि बिस्तारामा सुतिरहेका छन । यि बढी आमालाइ न त कसैले देला भन्नुछ नत काम गरेर खान सक्ने उमेर नै छ यि बुढी आमाको पिडा धेरै ठुलो थियो । छोराले पालेर सुख देला भन्ने उमेरमा २५ बर्षका छोरालाइ पालेर बसेकी छिन् उनी भन्छिन छोरालाइ उपचार गर्ने क्षमता पनि छैन धेरै दुख पाएको छु मेरो पिडा मलाइ मात्र थाहा छ । काम गर्न जाउ भन्यो काम पाउदिन पाए भने पनि कोरोनाको बेला नआइज भन्छन् कहीले काही त खाने खर्च पनि हुदैन कोठाको भाडा तिर्न नसकेर बसेको छु यो बुढेसकालमा म के गरु छोराको माया लाग्छ । म कतै जान पनि सक्दिन उनी भन्छिन सक्नुहुन्छ भने मेरो छोरोका...
नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी तिव्र गतिमा गठन गर्दै

नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी तिव्र गतिमा गठन गर्दै

Breaking news 2, अन्य, राजनीति, लुम्बिनी प्रदेश, स्थानीय
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्षमा जावेद आलम खां सचिव गणेश प्रसाद बन्जाडे, केशर वली, लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको नेतृत्वमा बुका दिन वडा नं ४ तथा १२ मा वडा कमिटी गठन भएको छ। नेकपा माओवादी केन्द्रले कृष्णनगर नपाको १२ वटा वडामा शिघ्र वडा कमिटी गठनगरि भव्य बलियों नगरकमिटी गर्ने तैयारीमा रहेको नगर अध्यक्ष जावेद आलम खांले बताएका छन। वडा नं.४ को सिर्सिहवा गाउमा लगभग ४०० बन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाटा वडा अध्यक्ष गीता देवी सुनार तथा सचिव वसीम फकीरको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन भयो र वडा नं.१२ को मानपुर बन्ने गाउमा ३०० भन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाट वडा अध्यक्षमा मुजम्मिल मुसलमान तथा सचिव कमला प्रसाद यादवको नेतृत्व...